• ३ असार २०८१, सोमबार

गोरखापत्रकर्मी यादव सम्मानित

blog

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी समितिले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गर्दै । तस्बिर सौजन्य : मिकाईल आलम

जयकृष्ण यादव
इनरुवा, जेठ १२ गते ।
सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशी समितिले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारका पक्षमा कलम चलाउँदै आउनुभएको भन्दै यादवलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशीका अध्यक्ष सुलेमान मंसुरीले यादवको शिक्षा क्षेत्रमा दशकौंदेखि योगदान प्रसंशायोग्य भएकाले उहाँको उच्च मूल्याङ्कन गर्दै महासङ्घले सम्मान गरेको जानकारी दिनुभयो ।

यसैबिच शुक्रबार मात्रै महासंघका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशीका अध्यक्ष सुलेमान मंसुरीसहित १५ जना निर्वाचित पदाधिकारीहरुले प्रमाणपत्रसहित पदभार ग्रहण गरेको अवसरमा यादवलाई सम्मान गरिएको हो । निर्वाचन समितिका संयोजक वेदराज अधिकारी र प्रमुख अथिति एवम् कोशीका अध्यक्ष ऐयुव अंसारीले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । महासङ्घका कोशी उपाध्यक्ष मुसा अंसारी, सचिवमा राजकुमार यादव, सहसचिव श्याम सदा र कोषाध्यक्षमा निर्मलादेवी सरदार तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

त्यसैगरी, सदस्य महेन्द्र यादव, समसुल अंसारी, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा मंसुरी, श्याम सिंह, कासिम मंसुरी, सरितादेवी राउत सहितलाई प्रमाण पत्र वितरण गरिएको निर्वाचन मण्डल संयोजक वेदराज अधिकारीले जानकारी दिनुभयो ।

कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल, महासङ्घका इनरुवा अध्यक्ष जयकृष्ण यादव, कोशीका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहालसहितको उपस्थितिमा प्रमाणपत्र वितरण गरेको थियो । महासङ्घले शैक्षिक सुधारका प्रयास र शैक्षिक वातावरण बारेमा काम गर्दै आएको जनाएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले हामी सुधार्छौ हाम्रो विद्यालय नाराका साथ अनुगमन गरेको महासंघका कोशी अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो ।