• ३ असार २०८१, सोमबार

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि राम्रो बजेट आउँछ’

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसहित नेकपा (एमाले) का नेताहरु ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १२ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यस पटक महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा राम्रो बजेट आउने बताउनुभएको छ । धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । 

‘अहिले बजेटको तयारी भइरहेको छ । धेरै नयाँ विषयमा समेटिएर बजेट बन्ने छ, उहाँले भन्नुभयो, ‘सीमित बजेट सिलिङबिचमा हाम्रो मन्त्रालयबाट पनि धेरै नयाँ बिषय समेटिने छ ।’ 

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सरकारले ध्यान दिएको बताउनुभयो। यस पटकको बजेटमा केही नयाँ कार्यक्रम समेटिएको जनाउँदै उहाँले बजेटमा छोरी आत्मनिर्भरता कार्यक्रम, सातै प्रदेशमा ज्येष्ठ नागरिक, अशक्त नागरिकका लागि थप नयाँ कार्यक्रमसहित बजेट तयार गर्ने चर्चा गर्नुभयो । 

‘पालिका स्तरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सुरु हुने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरू दिनभरि त्यहाँ गएर विभिन्न सेवा लिन सक्नु मन्त्री चौधरीको भनाइ छ । सडक बालबालिकाको व्यवस्थापनका लागि पनि सरकार गम्भीर रहेको जनाउँदै  बाल सुधार गृहमामा भइरहेको विभिन्न घटनाहरू रोक्न र बाल सुधार गृहलाई अझै सुधार गर्ने विषयमा पनि सरकार लागेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

कञ्चनपुरको कार्यक्रममा सहभागी हुन हिजो साँझ पुग्नुभएका मन्त्री चौधरी आज कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी भएर आज काठमाडौँ फर्किनुहुने उहाँको सचिवालयले जनाएको छ ।