• ३ असार २०८१, सोमबार

-याप रियालिटी घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते  । -याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा -याप रियालिटीको घोषणासँगै डिजिटल अडिसनसमेत खुला गरिएको हो । प्रतियोगिताका विजेताले १० लाख पुरस्कार, वल्र्ड टुर तथा उपहार प्राप्त गर्ने जनाइएको छ । त्यस्तै उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्ने छन् ।

दामी मिडियाको प्रस्तुति रहेको संस्करणको अवधारणा तथा डिजाइन सुदीप पोखरेलले गर्नुभएको हो । निर्देशकमा निकेश खड्का रहनुभएको यस सिजनका निर्णायकमा मानस घले, गिरिश खतिवडाका साथमा महेश तामाङ ‘दोङ’ हुनुहुन्छ ।