• ३ असार २०८१, सोमबार

बोक्सीको आरोपमा कुटपिट गर्ने पुरुष पक्राउ

blog

रेखीराम राना
तानसेन, जेठ ११ गते ।
बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका–९, बस्ने २९ वर्षका पदम बस्याल छन् ।

पक्राउ परेका बस्यालमाथि नजिकैको छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप लागेको छ । गत जेठ ६ गते बिहान पीडित महिला भैँसीलाई लागो लागेको भन्दै झारफुक गर्न घरमा अक्षता लिएका बेला बस्यालले महिलालाई नै बोक्सी भनेर कुटपिट गरेको पीडितको भनाइ छ ।

बस्यालले महिलाको आँखामा बोक्सी छ भनेर लौरो र हातले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।पक्राउ परेका बस्यालमाथि बोक्सीको आरोप कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।