• ११ मंसिर २०८१, मङ्गलबार

रुसी सम्पत्ति रोक्का गर्न इयु सहमत

blog

युरोपेली संघ, जेठ ९ गते । युरोपेली संघ (इयु) काउन्सिलले इयु सदस्य राष्ट्रका मन्त्रीहरूले युक्रेनको सैन्य प्रयासलाई समर्थन गर्न रसियाको केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्राप्त रकम प्रयोग गर्न सहमत भएका छन् ।

सम्झौताअन्तर्गत यी सम्पत्तिहरूबाट नाफाको ९० प्रतिशत युक्रेनका लागि सैन्य सहायता प्रदान गर्ने इयुद्वारा सञ्चालित कोष युरोपेली शान्ति सुविधालाई छुट्याइएको छ । बाँकी १० प्रतिशतले युक्रेनको रक्षा उद्योग क्षमता र पुनर्निर्माण आवश्यकताहरूलाई बलियो बनाउनेछ ।

काउन्सिलको तथ्याङ्क अनुसार सिबिआर सम्पत्तिमा लगभग २६० बिलियन यूरो जि ७ साझेदारहरू, इयु र अस्ट्रेलियाको अधिकार क्षेत्रहरूमा धितो र नगदमा स्थिर गरिएको छ । यी जम्मा गरिएका सम्पतीहरूको दुई तिहाइभन्दा बढी इयुभित्र राखिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल