• १३ असोज २०८१, आइतबार

‘करिम’ हटाउन माग

blog

रुकुमपश्चिम, जेठ ७ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कलाकार प्रकाश दुतराजको ‘करिम’ बोलको गीत युट्युबबाट हटाउन माग गर्नुभएको छ । प्रमुख बादीले गीत हटाउन माग राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र केन्द्रीय चलचित्र जाँच समितिमा निवेदन दिनुभएको छ ।  

बादी समुदायको कथामा आधारित उक्त गीतले बादी समुदायप्रतिको अपमान, विभेद र शोषणलाई प्रश्रय गरेकाले सो गीत हटाउन तथा प्रसारण बन्द गर्न निवेदन दिइएको जनाइएको छ ।