• १२ साउन २०८१, शनिबार

जनकपुरधाममा जानकी नवमीको रौनक

blog

जानकी मन्दिर र दुधमतीमा भएको साही स्नान । तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र
महेन्द्रनगर (धनुषा) जेठ ४ गते ।
आज वैशाख शुक्ल नवमीको दिन माता सीताको प्राकट्य दिवस जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ । मिथिलाका राजा जनक र महारानी सुनैनाकी जेठी छोरी माता सीतालाई मानिन्छ । सीतालाई लक्ष्मीको रुप पनि भनिन्छ ।

जानकी प्रकट भएको दिनलाई स्मरण गर्दै यस वर्ष जनकपुरधामको विभिन्न मठ मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइँदै छ । यस विशेष अवसरमा जानकी मन्दिर, सुन्दर सदन, पगला बाबाको धर्मशाला, विहार कुण्ड, मधुकर कुण्डलगायतका मन्दिरमा हर्षोल्लासका साथ भजन कीर्तन तथा विशेष कार्यक्रमहरु गरी मनाइँदै छ । 


जानकी मन्दिरद्वारा सात दिवसीय कार्यक्रम आयोजना गरिएको छ  । जसमा मन्दिरको प्राङ्गणमा रामलीला, रासलीला, श्री मानस विभूषित नरहरि दासजीको राम कथाको आयोजना भएको छ । जानकीजीको डोलासहित नगर परिक्रमा पनि गराइएको छ ।  त्यसैगरी दुधमति नदीमा बिहान शाही स्नान भएको छ, त्यसमा सन्त, महन्थसँगसँगै देश विदेशबाट भक्तजनहरुको सहभागिता थियो । त्यसैगरी १२ बजे आरती महोत्सव गरिने मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।


अग्नि कुण्डमा रहेको सुन्दर सदन मन्दिरमा जगत जननी जानकीको प्राकट्य अवसरमा श्रीकिशोरीजीको निजी निवास राम चरित्र मानसमा सुन्दर सदन उल्लेख गरिएको छ । त्यसै अन्तर्गत नै यस वर्ष नौ दिवसीय कार्यक्रमको आयोजना गरिएको छ  ।

मन्दिरको आँगनमा रहेको प्रेम सरोवरमा फूलकै बङ्गला निर्माण गरिएर रामचरित्र मानस, जलविहार, श्री जानकी जन्म बधाईलगायतका कार्यक्रमको आयोजना गरिएको छ । साथै फूल बङ्गला भनेर श्री किशोरीजीको जन्म उत्सव मनाइएको सुन्दर सदनका महन्थ नवरकिशोर दासले बताउनुभयो । पगला बाबाले जनकी नवमी महोत्सवको रुपमा मनाइन्छ भने २४ घण्टा सीताराम नाम जप गरिने उहाँको भनाइ छ ।