• ७ जेठ २०८१, सोमबार

मिशुस्टिनलाई रुसी प्रधानमन्त्रीमा पुनः नियुक्त गर्ने पुटिनको प्रस्ताव

blog

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

मस्को, वैशाख २८ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को तल्लो सदन स्टेट ड्युमामा प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपति पुटिनले अघि सार्नुभएका उम्मेदवारलाई राज्य डुमाको शुक्रबारको बैठकले अनुमोदन गर्ने राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनलाई बताउनुभएको छ ।

मङ्गलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि मिशुस्टिनले कानुन बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिनुभएको थियो । रासस/सिन्ह्वा