• ७ जेठ २०८१, सोमबार

गाउँपालिकासँग पाँच वर्षे सहयात्रा सुरु

blog

तातोपानि गाउँपालिकामा सहयात्रा परियोजना सुभारम्भ कार्यक्रमका सहभागीहरु तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २६ गते । 
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले शिक्षा, बालअधिकार, जलवायु परिवर्तन र स्वास्थ्यका लागि सहयात्रासँग पाँच वर्षे सहयात्रा गर्ने भएको छ ।

गाउँपालिकामा बढिरहेको बालबिवाह न्यूनीकरण गर्न, बढ्दो जलवायु परिवर्तनका असरसँग जुद्न, खस्कीदो शैक्षिक गुणस्तर सुधार गर्न र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्राप्तिका लागि सहयात्रा परियोजनासँग साझोदारी सुरु गरेको हो ।

बुधबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे्नको सहयोगमा कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक) नेपालसँगको साझेदारीमा सहयात्रा परियोजना तेस्रो शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले आफूलाई बजेटभन्दा पनि नागरिकहरूको बानीमा परिवर्तनका लागि सहयोग गरे पुग्ने बताउनुभयो ।

‘‘बजेट म आफैँ व्यवस्थापन गर्छु मेरो गाउँपालिकामा रहेका सबै नागरिकलाई सबै क्षेत्रमा सहयात्रा गर्ने क्षमताको विकास गराउन सहयात्रा परियोजनासँग साझेदारी गरेका छौँ ।’’ उहाँले भन्नुभयो ।

अध्यक्ष चौलागाईँले कसैले पनि गैरसरकारी संस्थालाई गाउँपालिकामा राजनीति विषयसँग जोडेर आलोचना नगर्न समेत सुझाव दिनुभयो ।

मैले सेभ द चिल्डे्नकासँग आग्रह गरेर सहयात्राका लागि सहयात्रा परियोजना लागू भएको भन्दै अध्यक्षले पाँच वर्षमा गाउँपालिकामा शिक्षा, बालअधिकार, बालसंरक्षण, यौन तथा प्रजनन स्वास्थ्य, पोषण र जलवायु परिवर्तनका नकारात्मक असरसँग अनुकूलन हुन सिप, क्षमताको विकास गरिदिन साझेदार संस्थालाई आग्रह गर्नुभयो ।

यसैगरी, परियोजनाबारेमा जानकारी दिनुहुँदै सेभ द चिल्डे्न सुर्खेत कार्यालय सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक विष्णु कुमार बमले नागरिक समाज र स्थानीय सरकारको क्षमता विकासमा काम गर्न आफूहरू तातोपानी पुगेको बताउनुभयो ।

गाउँपालिकासँगको साझेदारीमा शिक्षा, स्वास्थ्य, बालअधिकार र जलवायु सम्बन्धीका सबै काम सहयात्रा परियोजनामार्फत गर्न खोजेकाले आज यो शुभ साइत पारिएको बताउनुभयो ।

स्थानीय सरकारको माग अनुसार आफूहरू सहयात्रा तेस्रोमा जुम्ला पुगेको भन्दै प्रदेशकै नमुना काम गर्न साझेदार संस्था किर्डाक नेपाल र गाउँपालिकालाई आग्रह गर्नुभयो ।

सेभ द चिल्डे्नका शिक्षा संयोजक दिलकुमार क्षेत्री र बालअधिकार बालसंरक्षण संयोजक जुठीराम चौधरीले शिक्षामा गुणस्तर सुधार, न्यूनत सिकाई उपलब्धि हासिल गर्न र स्थानीय खाद्य वस्तुको प्रयोगबाट पोषणमा सुधार ल्याउने उद्देश्यले काम हुने बताउनुभयो ।