• ४ जेठ २०८१, शुक्रबार

नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला

blog

डोटी, वैशाख २० गते । डोटीको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङ यही १७ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो ।

नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले तामाङको शव नदीको २० फिट गहिराइबाट बुधबार निकालेको हो । तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको छ ।