काठमाडौँ, वैशाख १५ गते । काठमाडौँको कमलपोखरी परिसर छेउमा ज्याकाराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको हो ।
मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुनधारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकाराण्डा फूल ढकमक्क फूलेका छन् । यसले राजधानी थप सुन्दर देखिएको छ ।