• २८ वैशाख २०८१, शुक्रबार

आध्यात्मिक चिन्तनबाट समाजलाई सकारात्मक बाटोमा लैजान सकिन्छ : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मन्त्री चौधरीको सचिवालय

काठमाडौँ, वैशाख १५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

गौतम बुद्धले आध्यात्मिक चिन्तनकै आधारमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले हरेकले आध्यात्मिक चिन्तनमा केन्द्रित भएर अघि बढ्न सके प्रदूषित समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिने बताउनुभयो । मन्त्री चौधरीले बालबालिकाहरूलाई कुलतमा फस्न नदिन पनि आध्यात्मिक चिन्तनले काम गर्ने बताउनुभयो ।

‘‘आध्यात्मिक चिन्तन पनि एउटा मान्छे भित्र रहेका चिज हो । हुनतः अहिले मात्रै होइन, गौतम बुद्धले पनि बुद्धित्व प्राप्त गरेको आध्यात्मिक शक्ति प्राप्त गरेको साबित नै भएको अवस्था छ भने त्यसो भए यो पनि एउटा मल्टिपल इन्टेलिजेन्स हो है । हामीले आध्यात्मिक रूपमा केन्द्रित भएर गयो भने हरेक कुराहरू सकारात्मक भएर आउन सक्छन् । र प्राप्ति गर्नसक्छौ । र समुदायलाई सकारात्मक बनाउन सक्छौँ ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘समाजमा रहेका नकारात्मक कुरालाई सफा बनाउन सक्छौँ । प्रदूषित चिजलाई होडबाजी भन्दा नकारात्मक होडबाजी भन्दा सकारात्मक होडबाजी जानसक्ने वातावरण तयार पार्नसक्छौं भन्ने कुरा मलाई फिल हुन्छ । त्यसो हुनाले जब वैज्ञानिकले त्यो कुराको फिल गरेको छ भने तपाई हामीले किन नगर्ने ?’’

यसअवसरमा मन्त्री चौधरीले आध्यात्मिक बाटोबाट समाजलाई सकारात्मक बाटोमा अघि बढाउन पहल गरेको भन्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।