• २७ वैशाख २०८१, बिहिबार

सर्लाहीमा एक युवक मृत फेला

blog

बरहथवा (सर्लाही), वैशाख १५ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका-२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । 

बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस