• २२ वैशाख २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा पति-पत्नीको मृत्यु

blog

दुर्घटनामा परेको मोटरसाइकल । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती 

बर्दीबास, वैशाख १० गते । बिपी राजमार्गको बर्दिबास–३ स्थित कालापानीको जङ्गल क्षेत्र पर्ने कारेभोगटे पुलनजिक सोमबार अपराह्न मोटरसाइकल दुर्घटना परी श्रीमान् श्रीमतीको मृत्यु भएको छ । 

दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडि बस्नु भएकी उहाँकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।

बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार गम्भीर अवस्थाका दुवै दम्पतीलाई उद्धार गरी बर्दिबासस्थित जनसेवा अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सिन्धुलीबाट सर्लाहीतर्फ जाँदै गर्दा उहाँहरू चढेको  प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल आफै असन्तुलित हुँदा दुर्घटना भएको बर्दिबास प्रहरीले जनाएको छ ।