• २४ वैशाख २०८१, सोमबार

पाँचथरमा टाटा सुमो दुर्घटना, १४ जना घाइते

blog

दुर्घटनाग्रस्त टाटा सुमो ।

राधा लुइटेल 

फिदिम, वैशाख ९ गते । मेची राजमार्गको पाँचथर खण्डकखण्डमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो । 

प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेको छ । गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याइएको हो ।

पाँचथर अस्पतालले सात जनालाई थप उपचारका लागि झापा रिफर गरेको छ ।