• २० वैशाख २०८१, बिहिबार

सेती खोँचबाट निकालियो युवकको शव

blog

सेती नदिको खोँचबाट युवकको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं, वैशाख ३ गते । सेती नदिको खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ । यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर गहिराइमा ढुङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो बाहिर निकालेको हो ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शव कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षीय जगत् पुनको रहेको जानकारी दिनुभयो । उहाँका अनुसार  वैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित  नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपश्चात् खटिएको गोताखोरले सेती नदिको १५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको जानकारी डिएसपी थापाले दिनुभयो ।