• १९ वैशाख २०८१, बुधबार

जनकपुरमा एक युवकको हत्या

blog

विजयकुमार साह  
ढल्केबर, चैत २६ गते ।
जनकपुरधाममा सोमबार दिउँसो धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षी प्रिन्सकुमार महासेठको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवालले छुरा प्रहारबाट घाइते भएका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषण गरेको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–४विश्वकर्मा चौक नजिक बस्ने महासेठमाथि मध्याह्न १२ बजेतिर  छुरा प्रहार भएको थियो । हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।