• १६ वैशाख २०८१, आइतबार

प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

blog

काठमाडौं, चैत १६ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ। 

शुक्रवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभएको हो। 

बैठकमा सो प्रतिवेदन उपर सांसदले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा उठेका विषयका सन्दर्भमा जवाफ दिनुभएको थियो।

निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरुले छलफलमा उठाएका विषय र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ।