• १५ वैशाख २०८१, शनिबार

समृद्धिका लागि सहकार्य

blog

बडीमालिका समाचारदाता

बाजुरा, चैत १६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले समृद्धिका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री नियुक्त भइसकेपछि पहिलो पटक गृह प्रदेश भ्रमणमा रहेका मन्त्री जोशीले सङ्घीय सरकारबाट सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । 

भूकम्पका कारण प्रभावित भएका घर तथा विद्यालय भवनहरू पुनर्निर्माण हुन नसक्नुमा सङ्घीय सरकार जिम्मेवार रहेको बताउँदै उहाँले भूकम्प प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि पहल गर्ने बताउनुभयो । जडाङगामा रहेको बेलिब्रिज दानसाघु सार्नका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालसँग छलफल तथा समन्वय गर्ने विश्वास उहाँले दिलाउनुभएको छ । जनप्रतिनिधिले केही गर्न सकेनन् भन्ने भ्रम चिर्नका लागि समन्वय र सहकार्य अत्यावश्यक भएको धारणा उहाँले राख्नुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष गरेर प्रदेशसँग समन्वय, नीति निर्माण, कानुन बनाउने, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, कर्मचारी हेरफेर गर्ने कार्य भए पनि कर्मचारीले नै अटेर गरेको गुनासो मन्त्री जोशीले पोख्नुभयो । नगरपालिकाको प्रमुख प्रशासकीय उपसचिव हुने र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि कर्मचारीले स्थानीय तहमा जान नमान्दा समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । यस जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आफ्नो प्रयास जारी रहने प्रतिबद्धता मन्त्री जोशीले व्यक्त गर्नुभएको छ । प्रदेश ‘क’ मा चार वटा पालिका रहेका र ती क्षेत्रबाट बाजुरा सदरमुकाम पुगेर नागरिकता बनाउन २५÷३० हजार रुपियाँ खर्च हुने गर्छ । कतिपय स्थानीय खर्चको जोहो गर्न नसकेर नागरिकता पाउनबाट वञ्चित हुनु परेको भन्दै सरोकारवालाले मन्त्री जोशीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बझाङ समाचारदाताका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले तीनै तहका सरकारबिच आवश्यक समन्वय नहुँदा विकास निर्माणका काम प्रभावित हुने गरेको बताउनुभएको छ । खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यव्रmममा बोल्दै मन्त्री जोशीले तीनै तहका सरकारबिच सद्भाव, समन्वय बढाएर काम गरे मात्र जनअपेक्षा अनुसार उपलब्धि गर्न सकिने बताउनुभयो । 

७५३ वटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन र सातै प्रदेशका मन्त्रालयका सचिव पठाउने जिम्मेवारी समेत आफ्नो मन्त्रालयको रहेको बताउँदै उहाँले काम चुस्तदुरुस्त गरेर जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । “अहिले सरकारप्रति नागरिकको व्यापक गुनासो छ । जनताले अनुभूति गर्ने गरेर कामकारबाही भएन, सुशासन भएन भन्ने जस्ता गुनासा भएकाले सबैभन्दा महŒवपूर्ण कुरा तीनै तहका सरकारबिच समन्वयको अभाव हटाउनुपर्ने छ,” उहाँले भन्नुभयो ।