• १७ असार २०८१, सोमबार

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

तीन खेलको टी–२० सिरिजअन्तर्गत पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेल तालिकामा परिवर्तन गर्न सक्ने जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल ‘ए’ र आयरल्यान्डबिच तीन टी–२० र तीन खेलको एक दिवसीय सिरिज खेल्ने तालिका रहेको थियो ।

यसअघि नेपालको सिरियर टोली र आयरल्यान्डबिच दुई खेलको टी–२० सिरिज सम्पन्न भइसकेको छ । जसमा नेपालले सिरिज २–० ले ‘क्लिन स्विप’ गरेको थियो । नेपाल पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७१ रनले विजयी भएको थियो ।