वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, चैत १४ गते । पूर्वी नेपालको माटोमा प्राङ्गारिक तत्त्व कमी हुँदै जाँदा माटोको जैविकीय शक्ति घट्दै गएको छ । किसानले बालीमा आवश्यकभन्दा बढी रासायनिक मल प्रयोग गर्दा माटोको अम्लीयपन बढ्न गई जैविकीय शक्तिमा ह्रास आउँदै गएको हो ।
माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुख दिगम्बर यादवका अनुसार सामान्यतया माटोमा छदेखि सात प्रतिशतसम्म अम्लीयपन कायम हुनुपर्नेमा कोशी प्रदेशमा ७५ प्रतिशत माटो अम्लीयपन भएको छ । प्रत्येक वर्ष अम्लीयपन बढ्दै जाँदा माटोको उर्वराशक्ति घट्दै गइरहेको छ । बालीमा बढी मात्रामा मल हाले उत्पादन बढी हुन्छ भन्ने किसानको गलत बुझाइले माटोमा अम्लीयपन बढ्दै गइरहेको उहाँले बताउनुभयो । “बिरुवाले आवश्यक मात्रामा मात्र मल लिने र बढी भएको मल माटोमै घुल्दा माटोमा अम्लीयन बढ्दैै गएको छ,” उहाँले भन्नुभयो ।
माटो बाली बिरुवाका लागि नभई नहुने खाद्यतŒवको भण्डार हो । माटोमा भएको प्राङ्गारिक पदार्थ रित्तिँदै जाँदा रासायनिक मलको प्रगोग बढेको र उब्जाउ पनि कमी हुँदै गएको विज्ञले बताएका छन् । मौसमी तथा बेमौसमी बाली उत्पादनका लागि कृषकले विभिन्न रासायनिक मलको प्रयोग गर्ने गरेका छन् । यसरी प्रयोग गर्ने रासायनिक मल माटोका लागि उपयुक्त भए÷नभएको किसानलाई जानकारी नहुँदा र जानकारी भए पनि बढी उत्पादन लिनका लागि प्रयोग गर्दै आएका छन् । किसानले सन्तुलित मलको प्रयोग नगर्दा माटो बिग्रँदै गएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार किसानले डिएपी र युरिया मल अधिक मात्रामा प्रयोग गर्दै आएका छन् ।
माटोको अम्लीयपन कम गर्न पूर्ण तयारी भएको प्राङ्गारिक (कम्पोस्ट) मलको आवश्यक पर्छ तर प्राङ्गारिक मलको प्रयोगमा कमी आउँदा कोशी प्रदेशका १४ जिल्लामै माटाकोे अवस्था बिग्रँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला कोशी प्रदेश झुम्का सुनसरीले जनाएको छ । रासायनिक मलले तत्काल उत्पादन राम्रो दिए पनि कालान्तरमा माटोको जैविकीय शक्ति मार्ने हुँदा प्राङ्गारिक कार्बन बढाउन माटोमा प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने विज्ञहरू सुझाउँछन् ।
कृषकले प्रायः धान, गहुँ, मकै, आलुु जस्ता बाली लगाउनुुअघि डिएपी, पोटास र बाली हुुर्कन थालेपछि युरियालगायतका मल खेतबारीमा प्रयोग गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गर्दा माटोलाई आवश्यक परेको मलको प्रयोग गर्ने गरेको पाइँदैन । माटोको परीक्षण गरेर आवश्यकता अनुसार मल प्रयोग गर्नुपर्ने भए पनि किसानले मल खरिद गरेर प्रयोग गर्ने गरेको बताउँछन् । माटोको जाँच गर्नु पर्छ र माटोको परीक्षण गराएर मात्र औषधी तथा रासायनिक मलको प्रयोग गर्नुपर्ने विज्ञले सुझाए पनि किसानले आफूखुसी मल र विषादीको प्रयोग गर्ने गरेको सुनसरी ज्ञान केन्द्रका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
गत वर्ष माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले घुम्ती प्रयोगशाला, किट बक्स र प्रयोगशालामा प्राप्त तीन हजार ८३६ वटा माटोकोे नमुना विश्लेषण गर्दा ७५ प्रतिशत अम्लीय, पाँच प्रतिशत क्षारीय र २० प्रतिशत तटस्थ नतिजा आएको थियो । त्यसै गरी दुई हजार ७३५ वटा नमुना विश्लेषण गर्दा प्राङ्गारिक कार्बन ५६ प्रतिशतले कमी आएको प्रयोगशालाका कार्यालय प्रमुख दिगम्बर यादवले बताउनुभयो ।
माटोको अम्लीयपन बढ्दै जानु, प्राङ्गारिक पदार्थको स्तर घट्दै जानु, खनिज तŒवमा ह्रास आउनु, माटो सुधारका कार्यमा समुचित ध्यान पु¥याउन नसक्दा कृषकको उत्पादन लाभ र लागतमा निकै नै प्रभाव पारेको प्रयोगशाला प्रमुख यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उत्पादनलाई मात्र लक्ष्यमा राखेर काम गर्दा दीर्घकालसम्म चल्ने माटो सुधार गर्नेतर्फ सरकारी निकाय र निजी सङ्घ संस्थाको ध्यान नजाँदा माटो बिगँ्रदै गएको हो ।”
माटोमा अम्लीयपन बढ्दै जाँदा माटोलाई जीवन्त राख्ने सूक्ष्म जीवको गतिविधि कम हुँदै जान्छ । माटोमा हुने धेरै किसिमका सूक्ष्म जीवले माटोको उर्वराशक्ति कायम राख्न मद्दत गर्दछन् । माटो मलिलो बनाउन सूक्ष्म जैविक गतिविधि महŒवपूर्ण हुन्छ । सूक्ष्म जीवका लागि माटो उपयुक्त नभएमा तिनीहरूको गतिविधि घटद्छ र माटोको उर्वराशक्ति पनि घट्दै जान्छ ।
माटोको अम्लीयपन हटाउन र प्राङ्गारिक पदार्थको वृद्धि गर्न कृषि चुनको प्रयोग गर्ने र बढीभन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्न विज्ञको सुझाव छ । उनीहरूका अनुसार बढ्दो विषादीको प्रयोगबाट माटोको आयु घट्दै माटोलाई निर्जीव हुनबाट बचाउनका लागि कृषकले अनिवार्य रूपमा माटोको परीक्षण गरी सिफारिस मात्राको मल प्रयोग गर्न आवश्यक छ ।