• १६ वैशाख २०८१, आइतबार

नेपाल आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोज्नुभएको हो । नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ ।

यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यता भ्रमणकारी आयरल्यान्ड नेपाललाई रोक्दै सिरिजमा बराबरी गर्ने अभियानमा छ ।