• १२ साउन २०८१, शनिबार

कर्णाली पुलबाट १७ युवाले हामफाले

blog

कर्णाली चिसापानी पुलबाट एकपछि अर्को हाम फाल्दै स्थानीय युवा । तस्बिर तथा भिडियो सौजन्य इन्दु केसी

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) चैत १२ गते । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् । लम्कीचुहा नगरपालिका ३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे पुलबाट हामफालेर नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । 

मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेरगरी गएको जनाइएको छ । 

एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको छ । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् । पत्रकार ईन्दु केसीले प्रत्यक्ष आफूले  १७ जना युवाले हाम फालेको देखेको जनाउँदै ती मध्ये १६ जना पौडिएर निस्केको एकजना डुबेको बताउनुभयो ।

जनपद प्रहरी र सशस्त्रप्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाउँदै मङ्गलबार गोताखोर टोलीले वेपत्ता शाहीको खोजी गर्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । गत बर्षसमेत पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर युवाको निधन भएको थियो ।