मोरङ, वैशाख १ गते । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष २०७९ सालको सुखद् अवसरमा प्रदेशसहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज दिनुभएको सन्देशमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँ वर्ष थप सुखद् र उपलब्धीमूलक बन्न सकोस् भनेर कामना गर्नुभएको छ ।
सन्देशमा उहाँले नयाँ वर्ष २०७९ मुलुकमा सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि भएको र यस वर्षको सुरुआती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै
	
	 मुख्यमन्त्री राईले यस वर्ष प्रदेश र सङ्घीय संसद्को कार्यकाल समाप्त हुने वर्ष पनि रहेको भन्दै आवधिकरूपमा जनताको अभिमत सङ्कलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ भनेर उल्लेख गर्नुभएको छ ।
	उहाँले निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुका साथै यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले सन्देशमा प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतीत भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि रहेको उल्लेख गर्नुभएको छ । 
	उहाँले प्रदेशको नामकरण गर्न थाँती रहेको सन्दर्भमा अबका दिनमा प्रदेशसभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको भन्दै प्रदेशसभामा रहेका मुख्य राजनीतिक दलको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेशको नामकरण यसै वर्षमा टुङ्गिने विश्वास पनि व्यक्त गर्नुभएको छ । 
 
                                
                             
                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                