• २५ वैशाख २०८१, मङ्गलबार

अटो दुर्घटना हुँदा एकको मृत्यु

blog

कोकिला ढकाल

इलाम, चैत १२ गते । इलामको सूर्योदय नगरपालिका–१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएकी सूर्योदय १२ का ५६ वर्षीया मनकुमारी प्रधानको सोमबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँ घाइते भएपछि फिक्कल अस्पताल ल्याइएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तासिटी अस्पताल लगिएकोमा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिनुभयो । मे. १ ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्नेक्रममा न्युट्रलमा गई अनियन्त्रित भएर सडकबाट खसेको हुनसक्ने उहाँको भनाइ छ । 

अटो चालक सूर्योदय –१२ कै अनीश राईलाई पक्राउगरी अनुसन्धानको काम भइरहेको उहाँले बताउनुभयो ।