• १३ साउन २०८१, आइतबार

होली मनाएर पौडी खेल्न जाँदा एक किशोरको मृत्यु

blog

लीलाराज खड्का
बिर्तामोड, चैत १२ गते । 
 होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी ११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ सृष्टि टोल बस्ने वर्ष १५ का रविन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

श्रेष्ठ सोमबार दिउँसो २ः३० बजे साथीहरूसँग पौडी खेल्न जानुभएको थियो । अरूले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताउनुभयो ।

नहरले बगाई सोही वडाको साइफनस्थित नहरमा रहेको फलाममा अड्की श्रेष्ठको शव  पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेर इप्रका झिलझिलेमा जानकारी गराएका थिए । श्रेष्ठको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले  जनाएको छ ।