• ९ मंसिर २०८१, आइतबार

अझै तीन दिन पानी पर्ने पूर्वानुमान

blog

काठमाडौँ, चैत १० गते । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणता बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको  छ । 

“कोशी  प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक-दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।” रासस