• २१ वैशाख २०८१, शुक्रबार

जापानी चलचित्र महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २६ गते  । जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानिज चलचित्र महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदै छ । महोत्सव अन्तर्गत शनिबार र आइतबार पोखरामा अङ्ग्रेजी सबटाइटलसहित जापानी चलचित्र प्रदर्शन हुँदै छ । पोखरा च्याम्बर अफ कमर्स एन्ड एन्डस्ट्रिजको हलमा शनिबार तीन जापानी चलचित्र अफिस रोयल, चिल्ड्रेन अफीिस र इट्स अ समर चलचित्र देखाइने छ । यसै गरी आइतबार अलमस्ट अ मिराकल र अन्ली दी क्याट नोको प्रदर्शन गरिने छ ।

यसै गरी चैत २ र ३ गते काठमाडौँको राष्ट्रिय नाचघर र चैत ७ र ८ गते जापानी दूतावासको हलमा जापानी चलचित्र देखाइने छ । राष्ट्रिय नाचघरमा कि अफ लाइफ, टाइम स्कुप हन्टर, सिओरी, नेको निन्जा, कामोमी डिनर देखाइने छ । त्यस्तै चैत ३ गते राष्ट्रिय नाचघरमा जापान डे पनि मनाइने छ भने सांस्कृतिक कार्यव्रममा किमोनो युकाटा, ह्यापी कोट, कालीग्राफी, ओरिगामीलगायत जापानको संस्कृति झल्काउने स्टल राखिने छन् ।