• १३ साउन २०८१, आइतबार

संरक्षणको पर्खाइमा किम्नी झरना

blog

त्रिवेणी नगरपालिका –५ को किम्नीमा रहेको किम्नी भरना । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन २५ गते । बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नी झरना संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय रूपले लोभलाग्दो भए पनि व्यवस्थापन हुन नसक्दा झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रूपमा रहेको किम्नी झर्नाको कतैबाट संरक्षण हुन नसकेको त्रिवेणी नगरपालिकाका वडा –५ का स्थानीयको भनाइ छ । 

यहाँका स्थानीयको एक आय–आर्जनको माध्यमको रूपमा रहेको यो झरना अहिलेसम्म कतैबाट संरक्षण नहुँदा पछिल्लो समय आन्तरिक पर्यटकले समेत खासै चासो नदेखाएको त्रिवेणी नगरपालिका –५ का स्थानीय व्यापारी बजिरे बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वीरे भरनाजस्तै किम्नी भरनालाई पनि संरक्षण गर्ने हो भने यहाँका स्थानीयको आज–आर्जनमा समेत टेवा पुग्छ । केही वर्ष यता बिरे भरनाको थोरै मात्रामा पनि संरक्षण हुँदा त्यहाँ आन्तरिक पर्यटक धेरै आउनेगरेका छन् । 

त्रिवेणी नगरपालिकामा रहेका मौर, नाटेश्वरी, मालिका लगायतका धेरै ठाउँ पनि पर्यटकीयस्थलको रूपमा रहेका छन् । त्यो मध्येकै यो किम्नी भरना पनि एक पर्यटकीयस्थलको रूपमा रहेको छ । 

नाटेश्वरी, मालिका र मौरेका केही पर्यटकस्थल संरक्षण भए पनि किम्नी भरना भने कतैबाट संरक्षण हुन नसकेको बुढाले बताउनुभयो । झरनाको संरक्षण तथा व्यवस्थापनका लागि धेरै ठाउँमा पहल गर्दा पनि अहिलेसम्म कतैबाट संरक्षण नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बढाले बताउनुभयो ।

यो वर्षमा झरना संरक्षण र व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा अन्य विभिन्न संस्थासँग पहल गर्दैआएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताउनभयो ।