• १६ भदौ २०८१, आइतबार

महिला भलिबल खेलाडी सम्मानित

blog

सम्मान कार्यक्रममा सहभागी खेलाडी तथा नगरपालिकाका जनप्रतिनिधि । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २५ गते । महिला भलिबल टिमका खेलाडीलाई सम्मान गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला भलिबल टिमका खेलाडीहरूलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको हो ।  

रामपुरमा भएको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी खेलाडीलाई नगरपालिकाले सम्मान गरेको हो । खेलाडीको हौसला बढाउन सम्मान गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । 

खेलाडीहरूलाई नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेल, नगर प्रवक्ता कपिलबहादुर खाँड लगायतले नगद र सम्मानपत्र प्रदान गर्नुभयो । 

खेल क्षेत्रले समग्र राष्ट्रको पहिचान कायम गर्न सफल भएको उहाँले बताउनुभयो । नगरप्रमुख थापाले भलिबल खेलले यस क्षेत्रका खेलाडीलाई नयाँ सिकाई हासिल गर्न सहयोग पुर्‍याएको बताउनुभयो ।