• १६ भदौ २०८१, आइतबार

काठमाडौँ लगातार तेस्रो पटक च्याम्पियन

blog

उपाधि विजेता काठमाडौँ टोली ।

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ जिल्लाले १४औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मङ्गलबार जितेको छ ।

विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौँ ३१ स्वर्ण, १२ र नौ कांस्य पदकसाथ समग्रमा टिम च्याम्पियन बनेको काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । 

काठमाडौँले लगातार तेस्रो पटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो पोल्टामा पारेको हो । 

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य जितेको चितवन दोस्रो भयो । तेस्रो भएको ललितपुरले पाँच स्वर्ण, चार रजत र ६ कांस्य पदक जितेको छद्ध । 

जम्मा ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भुक्तपुरले समान चार चार, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले दुई दुई तथा रामेछाप र सिन्धुपाल्चोकले समान एक स्वर्ण जितेको छ । 

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ देखि ६ गतेसम्म हुनेछ ।