• २५ वैशाख २०८१, मङ्गलबार

पावर प्ले र डेथ ओभरको बलिङमा चुक्यौ : कप्तान रोहित

blog

कप्तान रोहितकुमार पौडेल ।

काठमाडौँ, फागुन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

त्रिदेशीय टी–२० सिरीको फाइनलमा नेदरल्यान्ड्ससँग हार खेपेपछि रोहितले करिब १५ रन जति लक्ष्य कम भएको उल्लेख गर्दै बलिङमा पनि कमजोरी देखिएको औँल्याउनुभयो । उहाँले आगामी विश्वकप पछिल्ला खेलमा नामिबिया र डच टोलीविरुद्ध हातमा आएको खेल नियन्त्रण लिएका थियौँ । तर पावर प्ले र डेथ ओभरको बलिङमा चुक्यौ,’’ रोहितले भन्नुभयो । फाइनलमा राम्रो मोमेन्टलाई जोगाउन नसकेको उहाँको भनाई थियो । 

ब्याटिङ गर्न राम्रो विकेट रहेपनि त्यसमा नेपाल चुकेको उहाँले बताउनुभयो । ‘‘डेथ ओभरमा बलिङ गर्न चुनौती रहन्छ । तीव्र गतिका बलर अविनाश बोहोराले डेथ ओभरमा राम्रो बलिङ गर्न सक्नुभएन ।तर अविनाशले त्यो जिम्मेवारी पूरा गर्नसक्ने विश्वासमा टोली रहेको छ,’’ उहाँले भन्नुभयो । 

यस्तै नेपालका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ गर्दा अन्तिम ओभरतिर आफ्नो टोली असफल भएको बताउनुभयो । टोलीको लक्ष्यमा १५ रन जति कम भएको पनि मोन्टीले बताउनुभयो ।