• १२ साउन २०८१, शनिबार

नेकपा (एस) का केन्द्रीय सदस्यसहित एमालेमा फिर्ता

blog

एमाले फर्किएका केन्द्रीय सदस्य बरुनाथ योगी तथा अन्य नेताहरु । तस्वीरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २० गते । दैलेखमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बरुनाथ योगीसहित सयौं नेता कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् । 

आइतबार आयोजित कार्यक्रममा योगीसहितका नेता कार्यकर्ता एमाले फर्किएका हुन् । एमाले फर्कनेमा पूर्व प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य पार्वती विसुन्के, सल्लाहकार परिषद् सदस्य केशरसिंह माझी, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल रहनु भएको छ । 

यस्तै विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाही, बिद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य बसन्त रेग्मी, प्रदेश कमिटी सदस्य भिमप्रसाद शर्मा, दुल्लु नगर अध्यक्ष हर्क नेपाली, नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी, दुल्लु नगर सचिव धिरेन्द्र कार्कीसहित सयौं नेता कार्यकर्ता एमालेमा समायोजन भएका छन् । 

एमाले प्रवेश गरेका नेताकार्यकर्तालाई केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै नेता भट्टले आजको दिन माधवकुमार नेपाल ननिदाउने दिन भएको बताउनुभयो । 

एमाले फर्कनेक्रम बढ्दो अवस्थामा रहेको र अब एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेलले कसैको मन, वानी मन नपरेर वाहिरिएका कार्यकर्ता फर्काउनेक्रम जारी रहेको बताउनुभयो । कार्यक्रममा पोलिटब्युरो सदस्य लक्ष्मी पोख्रेल लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ताको उपस्थिति थियो ।