• १२ साउन २०८१, शनिबार

प्रहरी हुँ भन्दै धम्क्याउनेलाई अभद्र व्यवहार मुद्दा

blog

लेखनाथ, फागुन १८ गते । बिहीबार राति साढे २ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरी हुँ भन्दै धम्क्याउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सम्झाउँदा उल्टै प्रहरीलाई नै गालीगलौज गरेकाले उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले पोखराको शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका वडा नम्बर ७ घर भई हाल पोखरा-११, फूलवारी बस्ने वर्ष २१ का विवेक ठाकुरलाई नियन्त्रणमा लिर्ई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिनुभयो । 

गिरी र ठाकुरले पोखरा-६, लेकसाइडमा मदिराले मात्तिई हामी प्रहरीका ठूलै मान्छौँ हौ भन्दै वाकीटकीसमेत देखाउँदा धम्की दिँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।