• ८ जेठ २०८१, मङ्गलबार

न्यान्सी ‘१२ गाउँ’ की नायिका

blog

काठमाडौँ, फागुन १७ गते । मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी चलचित्र ‘१२ गाउँ’ को प्रमुख पात्रमा अनुबन्धित हुनुभएको छ ।

निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबिच लिखित सम्झौता भएको छ । यो चलचित्रबाट भट्टका छोरा समीरले पनि अभिनयमा पदार्पण गर्दै हुनुहुन्छ ।

मिस नेपाल इन्टरनेसनलको २०२२ को संस्करणमा न्यान्सी खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनुभएको थियो । २०७६ सालमा प्रदर्शन भएको भट्टको चलचित्र ‘साङ्लो’ पूर्वमिस नेपाल निकिता चाण्डकले पदार्पण गर्नुभएको थियो ।