• २३ वैशाख २०८१, आइतबार

सुर्खेत र हुम्ला विजयी

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

नेत्र शाही 

जुम्ला, फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार को सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेलमा सुर्खेतले मुगु जिल्लालाई ४–१ गोलले हरायो । दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले हरायो । 

फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरिएको थियो । प्रतियोगितामा आयोजक जुम्लासहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोटको सहभागिता रहेको छ।