• २३ वैशाख २०८१, आइतबार

साफ यू–१६ महिला फुटबलको तयारी

blog

च्याम्पियनसिपमा भाग लिन काठमाडौँ आईपुगेको बंगलादेश टोली । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । 

दक्षिण एसियाली फुटबल महासङ्घको क्यालेन्डर अनुसार नेपालमा सञ्चालन गर्न लागिएको यस प्रतियोगिताका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । च्याम्पियनसिपमा भाग लिन सबै टोली नेपाल आईसकेका छन् । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान र बङ्गलादेशको सहभागिता रहनेछ । 

सहभागी टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।  च्याम्पियनसिपका खेलहरू एन्फा मैदान सातदोबाटोमा हुनेछ । उद्घाटन खेल फागुन १८ गते भारत र भुटानबिच हुनेछ । नेपालले पहिलो खेल फागुन १९ गते बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश टोली बुधबार दिउँसो काठमाडौँ आइपुगेको छ ।