• १३ साउन २०८१, आइतबार

भ्रष्टाचारले राष्ट्रको गरिमा ध्वस्त पार्छ

blog

हेटौँडा समाचारदाता

हेटौँडा, माघ २९ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रव्रिmयाको सिलसिलेवार प्रणालीलाई समाप्त  पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्दै जाने बताउनुभएको छ । उहाँले आर्थिक र नैतिक दुवै भ्रष्टाचारको विषय भएको स्पष्ट पार्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रम बोल्दै उहाँले भ्रष्टाचार वैदिक युगदेखि नै जोडिएको देखिएको बताउनुभयो । भ्रष्टाचारले हजाराँै वर्षमा विकसित भएका सामाजिक मूल्यमान्यता समाप्त पार्ने बताउँदै देशलाई खोक्रो र बाह्य शक्तिको कठपुतली बताउने उहाँको भनाइ छ । 

कानुन, नीति र नियम पालनामा प्रयोग भएको स्वविवेकीय अधिकार दुरुपयोग हुने खतराबाट निराकरणको क्षेत्रमा लागेका विधि निर्माताहरू सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानबारे नागरिक अनभिज्ञता तथा उदासीनता भ्रष्टाचार प्रवर्धनको कारक तŒव रहेको भन्दै उहाँले राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान हुने परिपाटी रहेसम्म भ्रष्टाचार रहिरहने उल्लेख गर्नुभयो । 

कार्यव्रmममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उजुरी पर्दा मानवीय त्रुटिको विषयमा अख्तियारले ध्यान नदिँदा आमजनता निराश भएको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख उमाकान्त आचार्यले पछिल्लो समय उजुरी गर्न सहज भएकाले अख्तियारमा विभिन्न माध्यमबाट उजुरी आउने क्रम बढेको बताउनुभयो । 

स्थापना दिवसका अवसरमा भएको निबन्ध प्रतियोगितामा सिन्धुपाल्चोककी राधिका विक पहिलो, काठमाडौँकी समज्ञा सापकोटा दोस्रो र भरतपुरकी प्रार्थना बेलबासे तेस्रो हुनुभएको छ । त्यस्तै उत्कृष्ट काम गर्ने राजन रायलाई २० हजार रुपियाँसहित अख्तियार सेवाबाट पुरस्कृत गरिएको थियो ।