• १३ साउन २०८१, आइतबार

सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ

blog

काठमाडौँ,  माघ २४ गते ।  सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गर्नुभएको थियो । रासस