• १३ असोज २०८१, आइतबार

कोशीका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धिविरुद्ध सर्वोच्चमा रिट

blog

काठमाडौं, माघ २२ गते । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता भएको छ । काेशी सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्धमा सोमबार अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको हो ।

अधिवक्ताद्वयले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गर्नुभएको छ । सवोच्चका सूचना अधिकार गोविन्दप्रसाद घिमिरेका अनुसार उक्त रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।