• २६ वैशाख २०८१, बुधबार

सूचना प्रविधि अभिमुखीकरण

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ २२ गते । गुल्मीमा सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण गरिएको छ । यस जिल्लाका विभिन्न क्षेत्रमा रहि सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न पेसामा संलग्नलाई अभिमुखीकरण गरिएको हो । 

हाइस्पीड कम्प्युटरको आयोजनामा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणहरूको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षा सम्बन्धी सहभागीलाई अभिमुखीकरण गरिएको हो । उक्त प्रविधिहरू उत्पादन गर्नुका साथै संसारका झन्डै १०० देशहरूमा आफ्ना उत्पादन र सेवाहरू प्रदान गर्दै आइरहेको रुजी रि ब्राण्डले सचेतनात्मक अभिमुखीकरण कार्यक्रम गरेको हाइस्पीड कम्प्युटरका सञ्चालक कृष्ण खनालले जानकारी गराउनुभयो । 

त्यस अभिमुखीकरण कार्यक्रममा रुजी रि कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धी प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रमका सहभागीमध्ये आफ्ना राय राख्दै सिद्दबाबा माध्यमिक विद्यालयका शिक्षक टीका खड्काले नेटवर्क र इन्टरनेट सम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर मिलाएको प्रति आयोजकलाई धन्यवाद दिनुभयो । 

बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन भएको प्रविधिको विकाससँगै नयाँ(नयाँ प्रविधिहरू नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट नयाँ कुरा जानकारी प्राप्त भएको बताइएको छ । प्रविधिसँग सबै अपग्रेड हुन जरुरी रहेको देखिन्छ । 

विगत १२ वर्षदेखि गुल्मी र आसपासका जिल्लाहरूमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको हाइस्पीड कम्प्युटरले नयाँ(नयाँ प्रविधिहरू भित्र्याउदै आइरहेको छ । रुजी रिको आधिकारिक वितरकको रूपमा उक्त प्रविधिहरू पनि वितरण सुरु गरिएको सञ्चालक खनालले बताउनुभयो । 

चीनमा उत्पादन हुने उक्त प्रविधिहरूले विश्व बजारका विभिन्न देशहरूमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ । नेपालमा पनि नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका नेपाल प्रतिनिधिहरूले आशय व्यक्त गरेका थिए ।