• १३ साउन २०८१, आइतबार

जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरी आमाको मृत्यु

blog

बाजुराको कोल्टीबाट थप उपचारका लागि सुत्केरी महिलालाई सुर्खेत लगिँदै ।

संगिता तिमिल्सेना

बडिमालिका, माघ २१ गते । बाजुराको जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याहा छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ । 

सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रीय अस्पतालमा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको जगन्नाथ गाउँपालिका–५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।

सार्कीको मस्तिष्कको नशा फुटेर टाउको भित्र रगत जमेपछि कोल्टी स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सम्भव नभएपछि शनिबार रिफर गरिएको डा. प्रतीक न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार बच्चाको अवस्था ठिकै भएकाले लगत्तै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

सार्कीले सुर्खेतको कालागाउँ क्षेत्रीय अस्पतालमा शनिबार जुम्ल्याहा छोरा र छोरी जन्म दिनुभएको थियो । एक दिनपछि मृत्यु भएको अध्यक्ष सार्कीले जानकारी दिनुभयो ।