• २८ पुस २०८१, आइतबार

जनमत पार्टीको सचिवालय बैठक सुरु

blog

काठमाडौँ,  माघ २१ गते । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ ।

 पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिनुभयो ।

 बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ । बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेश प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताउनुभयो ।  रासस