• १३ साउन २०८१, आइतबार

संरक्षणकर्मी डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड

blog

प्रकृति संरक्षण अवार्ड ग्रहण गर्नुहुँदै हिरुलाल डङ्गौरा ।

अविनाश चौधरी

धनगढी, माघ २० गते । कैलालीको भजनी नगरपालिकावासी संरक्षणकर्मी एवम् चराविद हिरुलाल डङ्गौरालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिएको छ ।

संरक्षणमा क्रियाशील संस्था प्रकृतिको साथीहरुले डङ्गौराको योगदानको कदर गर्दै उहाँलाई अवार्ड प्रदान गरेको हो । 

पर्वतको जलजला गाउँपालिकास्थित लेप्रेमा आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा उहाँलाई नगद २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गरिएको छ । सोही उत्सवमा अन्य तीन जना संरक्षणकर्मीलाई पनि अवार्ड प्रदान गरिएको छ । 

डङ्गौरा चरा तथा वन्यजन्तु संरक्षण र अनुसन्धानमा अढाई दशकदेखि क्रियाशील हुनुहुन्छ ।