करोडौँ वर्षअघि वर्तमान भूमध्य सागरदेखि पूर्वतर्फ टेथिस सागर फैलिएको तथ्यमा भूगोलविद् तथा भूगर्भशास्त्री सहमत छन् । उनीहरूका अनुसार यसको उत्तरमा साइबेरियन सिल्ड र दक्षिणमा इन्डो–अस्ट्रेलियन प्लेट थियो । करिब १४० करोड वर्षपहिलेदेखि यी महाद्वीपमा बाक्लो वर्षा भयो । परिणामतः नदीनालाबाट कटान भई टेथिस महासागर पुरिन थाल्यो । त्यसको तत्कालीन र दीर्घकालीन प्रभावबाट करिब ३० करोड वर्षपहिला पृथ्वीभित्र भौगर्भिक उथलपुथल भयो । त्यस कारण पृथ्वीको भूगर्भभित्र टिबेटियन (युरेसियन) प्लेट र इन्डियन प्लेट निर्माण भए । भौगर्भिक हलचलका कारण यी प्लेट परस्परमा नजिकिएर ठोकिन थाले । एवंरितले करिब साढे छ करोड वर्षपहिले ती प्लेटको घर्षणबाट तत्कालीन समुद्रमुनिको जमिन माथि उठ्दै गएको प्रायः अधिकांश वैज्ञानिकको निष्कर्ष छ । त्यसैको परिणाम तत्कालीन टेथिस सागरको स्थानमा हाल देखिएका विशाल हिमाल तथा पहाड निर्माण हुन पुगे ।
पङ्क्तिकारद्वारा लिखित ‘एकीकरणका बडाकाजी भाग–२ (२०७८)’ मा भूगर्भविद्लाई उद्धृत गर्दै यसरी प्रकाश पारिएको छ ः कुनै समय इन्डियन प्लेट र तिब्बती प्लेटको बिचमा रहेको विशाल समुद्र व्रmेटासियस समयसम्म रह्यो । इन्डियन प्लेट र तिब्बती प्लेट आपसमा जोडिएपछि त्योबिचको समुद्र हरायो । कडा रूपमा बसेको तिब्बती प्लेटमुनि कमजोर इन्डियन प्लेट बर्सेनि घुस्दै छ । परिणामतः सोबिचकोे भू–भाग माथि उठ्न थाल्यो र हालको हिमालय पर्वत शृङ्खलाको उत्पत्ति भयो । हिमालय शृङ्खलाको सिमानामा पर्ने यस क्षेत्रमा भइरहने भौगर्भिक प्रव्रिmयाको यी प्रभावित भू–भागलाई वैज्ञानिक भाषामा सबडक्सन जोन पनि भनिन्छ । यो जोनमा हाल पनि इन्डियन प्लेट बर्सेनि करिब तीन, चार सेमीका दरले र टिबेटियन प्लेट बर्सेनि करिब एक सेमीका दरले परस्परमा घस्रँदै ठोक्किँदै गइरहेको वैज्ञानिकको दाबी छ ।
त्यसै गरी वैज्ञानिकहरूकै एक अर्को दाबी अनुसार पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन (टिबेटियन) प्लेटमुनि घुसिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको छ । त्यसरी घुस्नेव्रmममा शक्ति सञ्चय हुन्छ, त्योबाहिर आउने प्रव्रिmया भूकम्प हो भनी वैज्ञानिकले परिभाषा गरेको पाइन्छ ।
तुलसीलाल अमात्यद्वारा लिखित ‘बुद्ध, बुद्धत्व र बुद्ध–दर्शन (२०७८)’ मा के स्पष्ट उल्लेख छ भने “चीन, भारत र नेपाल अडिरहेको पत्रहरूमध्ये भारत नेपालको पत्र उत्तरतिर सर्किरहँदा चीन अडिरहेको पत्रसँग थिचिएर हिमालय पहाड माथि उठेको हो र आज पनि यो झन् झन् उठ्दै छ ।” यो तथ्यलाई चिनियाँ वैज्ञानिकले अझै विस्तृत रूपमा यसरी केलाएका छन् ः सिसापाङ्मा (गोसाइँस्थान हिमशृङ्खला) र सगरमाथाको टाकुरा व्रmमशः वार्षिक ०.६० र ०.८४ मिलिमिटरका दरले बढिरहेको अनुमान छ । यसरी हिमालयको उत्पत्ति र अग्लो हुने व्रmम तीनदेखि चार करोड वर्षपहिले सुरु भएको मानिन्छ । यसरी समष्टिगत रूपमा हिमालयको उचाइ प्रतिवर्ष बढ्दै गएको तथ्यमा वैज्ञानिक एकमत छन् । अतः यो प्रव्रिmयालाई भूगर्भविद्ले भौगर्भिक शब्दमा ‘हिमालयन अप–हिभल सिद्धान्त’ भनेका छन् । यही सिद्धान्त अनुसार विश्वको सर्वोच्च हिमाल सगरमाथा, उच्च हिमाल र पहाड निर्माण भएको तथ्य वैज्ञानिकले खुलासा गर्दै आएका छन् । यसरी हराएको टेथिस सागरमाथि चुलिएको पृथ्वीको सर्वोेच्च शिखर सगरमाथाकोे गाथा पनि विशिष्ट छ ।
के पश्चिम नेपालमा केन्द्रबिन्दु बनाएर ठुलो भूकम्प जान सक्छ ?
नेचर जियोसाइन्स तथा साइन्स जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदन अनुसार भविष्यमा पश्चिम नेपालमा विनाशकारी भूकम्प जान सक्ने अनुमान गरेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जमिनमुनि उत्सर्जन भएको ऊर्जा पश्चिम नेपालतर्फ धकेलिएको छ । त्यस कारण पश्चिम नेपालमा भूकम्प जाने खतरा बढेको वैज्ञानिकले औँल्याएका छन् । भूकम्प यही मिति र समयमा आउँछ भन्ने यकिन गर्ने कुनै वैज्ञानिक आधार छैन । भूकम्प आउने दिनको भविष्यवाणी गर्ने कुनै ठोस वैज्ञानिक आविष्कार हालसम्म भएको पाइँदैन । विगतमा भूकम्प गएका इतिहासको आधार, भौगर्भिक बनोट, वस्तुस्थिति, भौगर्भिक शक्ति सञ्चयको अवस्था आदिको आधारमा नै वैज्ञानिकले भूकम्प जान सक्ने अनुमान लगाएको पाइन्छ । यद्यपि भूगर्भभित्र रहेका भारतीय टिक्टेनिक प्लेट र टिबेटियन टिक्टेनिक प्लेटमाथिको भूसतह अर्थात् हिमालय र पहाडी क्षेत्रलाई केन्द्रबिन्दु बनाई समय समयमा भूकम्प जान सक्ने अनुमान भने सहजै लगाउन सकिन्छ ।
फेरि पनि यो अनुमानले यस क्षेत्रमा कुन मिति र समयमा भूकम्प जान्छ भन्ने यकिन गर्न सकिँदैन । भूकम्प कहिले जान्छ भन्ने यकिन गर्न नसकिए पनि कुनै पनि समयमा भूकम्प जान सक्छ भन्ने निष्कर्ष विगतमा यस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएका भूकम्पको इतिहासको आधारमा अनुमान लगाउन सकिन्छ ।
पश्चिम नेपालमा भूकम्प जान सक्ने सम्भावित यस्तै एउटा आधारलाई मान्ने हो भने विगतमा पाकिस्तानमा गएको भूकम्प पनि एउटा उदाहरण हो । पाकिस्तानको आजाद कश्मीर राज्यमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्प पनि हिमालय क्षेत्रमा नै गएको थियो । पश्चिम नेपालमा सन् १५०५ यता ठुलो भूकम्प गएको छैन । त्यस कारण सोे क्षेत्रमा अब ८.५ म्याग्नेच्युडभन्दा ठुलो भूकम्प जान सक्ने चेतावनी वैज्ञानिकले दिएका छन् । गोरखा भूकम्पबाट पश्चिम सरेको ऊर्जा त्यस क्षेत्रमा पाँच सय वर्षसम्म सञ्चित ऊर्जामा मिसिएको छ । त्यस कारण पश्चिम नेपालमा निकै बढी ऊर्जा जम्मा हुन पुगेको छ । फलस्वरूप उक्त ऊर्जा बाहिर निस्किनका लागि ठुलो भूकम्प जान सक्ने अनुसन्धानकर्ताको दाबी छ । भूकम्पविद् एवं त्रिभुवन विश्वविद्यालयका प्राडा दीपक चम्लागाईंका अनुसार पश्चिम नेपालमा विनाशकारी भूकम्प नगएको करिब आठ सय वर्ष भयो । मुख्य दरारमा प्रत्येक वर्ष भारतीय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्छ । जसले गर्दा भारतीय प्लेट एक सय वर्षमा करिब दुई मिटर भित्र पस्छ ।
यसै गरी आठ सय वर्षमा अड्केर बसेको १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले पश्चिम नेपालमा जुनसुकै समयमा भूकम्प जान सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । यसरी भूकम्प जुनसुकै स्थान र समयमा आउन सक्ने भएकाले मानिसको वशमा छैन ।
अब के गर्ने ?
प्रकृतिले आफ्नो व्यवस्थापन आफैँ गर्छिन् । मानव नै प्र्रकृतिको अतुलनीय बुद्धिमानी, विवेकशील प्राणी हो । यस अर्थमा प्राणीको अभिभावकीय नेतृत्वकर्ताको श्रेय पनि मानवलाई नै जान्छ । यसमा वैज्ञानिक मानवको अझै बढी भूमिका छ । किनकि भूकम्पको कारणले जैविक तथा भौतिक संरचना नष्ट हुनुमा मानवीय पक्ष नै बढी जिम्मेवार देखिन्छ । मानिसको दिमागले यस्ता खाले भूकम्पीय समस्याकोे पूर्ण समाधान गर्न सक्दैन भने थप समस्या पनि निम्तिन दिनु हुँदैन भन्नेमा सजग रहनु श्रेयष्कर हुन्छ । भूकम्पबाट हुने सम्भावित प्राविधिक क्षति न्यूनीकरणका लागि विश्वभरका सम्बन्धित वैज्ञानिक, विद्वान् गहिरोे अध्ययन, अनुसन्धान, अन्वेषण कार्यमा जुटिरहेका छन् । विगतमा हिमालय क्षेत्रमा गएका भूकम्पकोे इतिहासबाट यस क्षेत्रका सरकार र समाजले गहिरो पाठ सिक्न जरुरी छ । अघिल्ला भूकम्पकोे अन्तरालको तथ्याङ्कप्रति संवेदनशील हुन आवश्यक छ । भूकम्पसँग सम्बन्धित राज्य संयन्त्र, सरकारी तथा कूटनीतिक संयन्त्र, प्राविधिक जनशक्ति, प्राविधिक स्रोत साधन, ज्योतिषीय संयन्त्रबिचको सञ्चार, समन्वय, सम्पर्क घनीभूत हुन जरुरी छ । विभिन्न शैक्षिक तहका पाठ्यव्रmम तथा पाठ्यपुस्तकमा भूकम्पसम्बन्धी विषय समावेश गराउनु राज्यको दायित्व हो ।
राज्यको सुरक्षा संयन्त्र, स्वास्थ्य तथा खाद्य क्षेत्र, स्वयंसेवक, निजी तथा गैरसरकारी क्षेत्रहरूबिच अन्योन्यश्रित सम्बन्ध र तालमेलको आवश्यकता छ । भूकम्प प्रतिरोधसम्बन्धी विषयमा राज्यले लिने नीतिगत निर्णय पनि उत्तिकै जिम्मेवार छ । भू–इन्जिनियरबाट घरको बनोटको जाँच गराउने कार्य पनि उत्तिकै उपलब्धिमूलक मानिन्छ ।