• १३ असोज २०८१, आइतबार

कवि युद्धप्रसाद मिश्रको स्मरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । कविता वाचनसहित कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्मजयन्ती मनाइएको छ । 

सो अवसरमा कवि युद्धप्रसादले नेपाली क्रान्ति, साहित्य र समाज परिवर्तनका क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

कवि मिश्रको शालिकमा माल्यार्पणपछि आयोजित कवि गोष्ठीमा त्रिरत्न शाक्य, लक्ष्मी थापा, रामेश्वर न्यौपाने, लीला लेकालीलगायतले कविता वाचन गर्नुभएको थियो । 

माधव प्रधान र जितेन्द्रप्रसाद चौधरीले कवि मिश्रको चर्चित गीत ‘रक्तक्रान्तिको ज्वालामुखीमा’ प्रस्तुत गर्नुभएको थियो ।

कार्यव्रmमका प्रमुख अतिथि प्राडा जिवेन्द्र देव गिरीले नेपाली साहित्य, क्रान्ति र समाज परिवर्तनमा कवि मिश्रले पु¥याउनु भएको योगदानको चर्चा गर्दै समाज परिवर्तनका लागि गीत, सङ्गीत र साहित्यको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विव्रmम सम्वत १९६४ मा भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा जन्मिएका कवि मिश्रले स्वच्छन्दतावादी धाराहुँदै प्रगतिवादी साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । २००४ सालमा कांग्रेसमा लागेर राणाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा सुब्बा पदबाट बर्खास्त र गिरफ्तार भएका कवि मिश्र दुई वर्ष चार महिना जेल पर्नुभएको थियो । २००७ सालको परिवर्तनपछि वीरगञ्ज बजारअड्डामा खरदार पदमा पुनर्नियुक्त हुनुभएको थियो । 

उहाँले विव्रmम संवत १९८६ मा ‘अहिंसा प्रार्थना’ लघुकाव्य रचना गर्नुभएको थियो । त्यस कृतिलाई राणाविरोधी भएको आरोपसहित श्री ३ भीमसमसेर राणाले च्यातेर जलाइदिएका थिए । उहाँको विद्यार्थी शिक्षा शीर्षक कविता वि.सं. १९८८ मा गोरखापत्रमा छापिएको थियो । उहाँको यो पहिलो प्रकाशित रचना थियो ।

उहाँको निधन ८३ वर्षको उमेरमा २०४७ साल फागुन ६ गते वीर अस्पतालमा निधन भएको थियो ।