• १३ असोज २०८१, आइतबार

ज्योतिष विद्याको प्रचारप्रसार आवश्यक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २५ गते । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्‍वभर प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ ।नेपाल ज्योतिष परिषद्को रजत महोत्सव समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले ज्योतिष विद्यालाई हचुवाका रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यम बनाउनेभन्दा माथि वैज्ञानिक र अनुसन्धानमूलक विद्याका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्योतिष विद्या प्रामाणिक र वैज्ञानिक विद्या हो जुन हाम्रो जनजीवनसँग अभिन्‍न रूपमा गाँसिएको छ । सामान्य हात हेर्ने र चिना टिप्पणी कोर्ने मात्र नभई समग्र आकाशीय पिण्ड र खगोलको खोजी तथा विभिन्‍न ग्रहको स्थिति, यसले पार्न सक्ने सकारात्मक र नकारात्मक पक्ष खोजी ज्योतिष विद्याबाट भइरहेको छ ।” 

उहाँले ज्योतिष विद्या र खगोलीय पिण्डको अवस्थिति र चलनबिच प्रत्यक्ष सम्बन्ध हुने भएकाले देशमा विभिन्न भागमा आधुनिक वेदशाला र ज्योतिषीय अनुसन्धान केन्द्रको विकास र विस्तार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ज्योतिष पढ्ने र हेर्ने विषयमा विगतको तुलनामा धेरै जनशक्ति उत्पादन भएको धारणा व्यक्त गर्दै उहाँले यसको गुणात्मक वृद्धिसँगै गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री खड्काले ज्योतिषीका नाममा जथाभावी परामर्श दिने, हचुवामा फलादेश गर्ने प्रवृत्तिले जनमानसमा नकारात्मक असर पर्नुका साथै यस विद्याप्रति जनविश्‍वास घट्दै जानेतर्फ सजग हुनुपर्ने बताउनुभयो ।

नेपाल ज्योतिष परिषद् र राष्ट्रिय पञ्‍चाङ्ग निर्णायक समितिले गुणस्तर सुधारमा आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गर्दै उहाँले ज्योतिष विद्यालाई थप वैज्ञानिक बनाई यसप्रति जनविश्‍वास अभिवृद्धि गर्न सरकार र ज्योतिषीय अध्ययन अनुसन्धानमा संलग्न संस्थाबिच सहकार्य गर्नुुपर्ने धारणा व्यक्त गर्नुभयो ।

परिषद्ले ज्योतिष शास्त्रभित्रका महìवपूर्ण ग्रन्थ तथा कृतिलाई प्रकाशनमा ल्याउने, संस्कृत तथा अन्य भाषामा रहेका ज्योतिषका ग्रन्थलाई सबैले बुझ्ने गरी नेपाली भाषामा व्रmमशः अनुवाद गर्ने योजना अघि सारेको जानकारी दिएको छ ।