• १३ असोज २०८१, आइतबार

‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । वरिष्ठ पत्रकार धर्मेन्द्र झाको मैथिली कवितासङ्ग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित भएको छ । झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलको नामले चिनिनुहुन्छ । उहाँको यो छैटौँ कविता कृति हो । उहाँले कृतिमा एकै शीर्षक ‘सहर’ मा ५१ वटा कविता अटाउनुभएको छ । यसबाट मैथिली कविताका पाठकले विस्तारित कविताको आनन्द लिन सक्नुहुने छ ।

मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको कृतिमा आवरणसहित सबै चित्र कलाकार एससी सुमनले बनाउनुभएको छ । विह्वलको शब्द र सुमनको चित्रको ‘फ्युजन’ ले सङ्ग्रहलाई झन् आकर्षक रूप दिएको छ ।