• १३ असोज २०८१, आइतबार

शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक

blog

वरिष्ठ आर्किटेक इन्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक गर्नुहुँदै पूर्व मन्त्री डा. भेषबहादुर थापालगायत ।

काठमाडौं, पुस २२ गते । वरिष्ठ आर्किटेक इन्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’ सार्वजनिक भएको छ । पूर्व मन्त्री डा. भेषबहादुर थापा, लेखक एवम् सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य, प्रा. डा. जीवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले पुस्तक विमोचन गर्नुभएको हो । 

कार्यक्रममा वक्ताहरूले नेपालको आर्किटेकको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन सकिन्छ भन्ने बारेमा धारणा राख्नुभयो । 

पुस्तकमा शाहले आफ्नो सानैदेखिको आर्किटेक इन्जिनियर बन्ने सपना कसरी पूरा भयो र भावी पुस्ताले नेपालको आर्किटेकलाई कसरी विश्वमाझ चिनाउन र बचाइराख्न सक्छन् भन्ने कुरालाई समेट्नु भएको छ। शाहले जीवनको महत्त्वपूर्ण ५० वर्ष अक्रिटेक इन्जिनियरमा बिताउनुभएको छ । 

त्रिभुवन विश्व विद्यालयबाट विज्ञान विषयमा बिएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री गर्नुभएको हो । उहाँले नेदरल्याण्डबाट आर्किटेक्चरमा स्नातकोत्तर गर्नुभएको छ।

सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालीन राजा वीरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गर्नुभएको थियो । एघारौँ सार्क सम्मेलनमा खेलेको भूमिका बापत भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट समेत सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ । 

समा प्रिन्टर्सबाट प्रकाशित पुस्तकको सह लेखन डा. सृष्टि शाहले गर्नुभएको हो ।