• १३ असोज २०८१, आइतबार

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई प्रदान गरिने

blog

काठमाडौँ, पुस २० गते । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र  रुक्मिनी श्रेष्ठलाई प्रदान गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । 

बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषा सेवी र स्रष्टाहरूको बौद्धिक उत्पादन शाला हो ।यो सबै तह तप्काको प्राज्ञिक खुराक हो ।यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्न सक्नु पर्ने बताउनुभयो । 

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरी प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । 

दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ। उक्त पुरस्कार २०८० साल पुस २९ गते प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।